दफा ९
प्रवद्र्धन समितिको गठन
(१) अन्तर्राष्ट्रिय वित्तीय कारोबारलाई प्रवद्र्धन गरी नेपाललाई एक अन्तर्राष्ट्रिय वित्तीय कारोबार केन्द्रको रूपमा विकास गर्नको लागि देहायका सदस्यहरू रहेको एक अन्तर्राष्ट्रिय वित्तीय कारोबार प्रवद्र्धन समितिको गठन हुनेछः–
(क) अर्थ मन्त्री वा अर्थ राज्यमन्त्री – अध्यक्ष
(ख) ………
(ग) उपाध्यक्ष, राष्ट्रिय योजना आयोग – सदस्य
(घ) गभर्नर, नेपाल राष्ट्र बैंक – सदस्य
(ङ) सचिव, अर्थ मन्त्रालय – सदस्य
(च) सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय – सदस्य
(छ) बित्तिय कारोबारमा अनुभव हासिल गरेका व्यक्तिहरूमध्येबाट नेपाल सरकारले मनोनित गरेको एक जना – सदस्य
(२) प्रवद्र्धन समितिले अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा संलग्न स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकारलाई प्रवद्र्धन समितिको बैठकमा पर्यवेक्षको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(३) उपदफा (१) को खण्ड (छ) बमोजिम मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ ।
(४) पवद्र्धन समितिले नेपाल राष्ट्र बैंकको सहमति लिई तोकिदिएको उक्त बैंकको कुनै अधिकृत कर्मचारीले प्रवद्र्धन समितिको सचिव भई काम गर्नेछ ।
(५) प्रवद्र्धन समितिको बैंठक सम्वन्धी कार्यविधि तोकिएबमोजिम हुनेछ ।
(६) प्रवद्र्धन समितिका सदस्यहरूले तोकिएबमोजिमको भत्ता तथा सुविधा पाउने छन् ।